सुदन गुरुङको पोखरा कार्यक्रममा अवरोधको प्रयास

सुदन गुरुङको पोखरा कार्यक्रममा अवरोधको प्रयास

केन्द्रबिन्दु
9
Shares

पोखरा। जेनजी अगुवा सुदन गुरुङले पोखरामा आफूहरुकाे कार्यक्रममा केही समूह र नेकपा (एमाले)ले अवरोध पुर्‍याउन खोजेको दाबी गरेका छन्।

युवा संगठनलाई थप बलियो बनाउने र देशप्रेमी नागरिकहरूसँग भेटघाट गर्ने उद्देश्यले सुरु गरेको यात्रामा अवरोध पुर्‍याउन खोजेको उनकाे आराेप छ । गुरुङले उक्त अवरोध प्रयासले आफ्नो अभियान नरोकिने पनि दृढता व्यक्त गरेका छन्।

“पोखरामा जेनजी भाईबहिनीहरूको संगठन बलियो बनाउन र देशप्रेमी पोख्रेली आमा-बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग भेट्न हामी पोखरा निस्कियौं,” गुरुङले उल्लेख गरेका छन्, “तर हामी आउने खबर पाएदेखि केही समूह र एमालेले कार्यक्रम बिथोल्न अथक प्रयास गरिरहेको खबर पाएँ।”

जेनजी अगुवा गुरुङले अवरोध प्रयासको सामना गर्न आफू तयार रहेको बताएका छन्। उनले आफू र आफ्नो समूह देशको लागि लडेर आएको उल्लेख गर्दै अहिले कसैसँग सामना गर्न नडराउने स्पष्ट पारेका छन्। “यसले हाम्रो कदम रोक्दैन, किनकि हामी हिजो देशका लागि लडेर आएका हौं, आज अरू कसैसँग सामना गर्न डराउने प्रश्नै छैन,” गुरुङले भनेका छन्।

Logo