एमाले महाधिवेशनमा २४ वर्षीय युवक प्रतिनिधि निर्वाचित, भन्छन्- देशको नेतृत्वमा एमाले नै सक्षम

एमाले महाधिवेशनमा २४ वर्षीय युवक प्रतिनिधि निर्वाचित, भन्छन्- देशको नेतृत्वमा एमाले नै सक्षम

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा २४ वर्षीय युवक प्रतिनिधि निर्वाचित भएका छन् ।

पाल्पा क्षेत्र नं. १ को युवा क्लस्टरबाट २४ वर्षीय सन्देश ढकाल निर्वाचित भएका हुन् । कूल ४६५ मतमध्ये ढकालले २५६ मत प्राप्त गरेका हुन् । निर्वाचनमा उनका प्रतिद्वन्द्वी विजय रानाभाटले ७३ मत तथा तेज घर्ती मगरले १२७ मत ल्याए ।

ढकाल अहिले अनेरास्ववियु पाल्पा जिल्ला कमिटीका अध्यक्ष छन् । एमालेले महाधिवेशनका लागि देशभरबाट प्रतिनिधि छनोट गरिरहेको छ । आफू कक्षा ११ मा पढ्दा देखि नै राजनीतिमा सक्रिय भएको भन्दै उनले पार्टीमा धेरै दुःख गरेका कारण आज पार्टीभित्र सबैले विश्वास गरेर आज प्रतिनिधि छनोट भएको बताए ।

सोमबार केन्द्रविन्दुसँग कुराकानी गर्दै उनले ११ पढ्न सुरु गर्दादेखि नै माक्र्सवाद लेनिनवाद भन्ने किताबहरु अध्ययन गरको भन्दै एमालेले त्यतिबेला देखि गरेको काम, नाकाबन्दीमा गरेको काम र मुलुकको विकासमा गरेको योगदान कामहरुले गर्दा एमाले पार्टीमा आउन प्रभावित बनाएको पनि बताए ।

सामाजिक रुपमा काम गरेर अगाडि बढ्न र आफ्नो नेतृत्वमा काम गरेर जनताको समस्या समाधान गर्ने इच्छा रहेकोले उनले ‘एमाले नै सक्षम रहेकाले अब मुलुककै अब एउटा अभियन्ता बन्छु र परिवर्तन गर्छु’ भन्ने संकल्प बोकेर नेकपा एमालेमा प्रवेश गरेको पनि बताए । उनले अहिलेसम्म सम्भवत मुलुकमा परिवर्तनको संवाहक बोकेकै पार्टी एमाले रहेको पनि बताए ।

Logo