काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालैको जेनजी आन्दोलनमा भएको दमन र हिंसाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकाे सरकारले लिनुपर्ने बताएकी छन् ।
सोमबार एक टेलिभिजनको अन्तर्वार्तामा बोल्दै भण्डारीले जेनजी आन्दोलनको दुर्घटनाग्रस्त घटनाले नेतृत्वप्रति जनआक्रोश बढाएको स्वीकार गर्दै यो घटना प्रायोजित थियो कि थिएन भन्ने विषयमा गहन अध्ययन आवश्यक रहेको धारणा राखेकी हुन् ।
आन्दोलनका क्रममा भएको दमनलाई ‘दुःखद’ को संज्ञा दिँदै पूर्वराष्ट्रपति भण्डारीले देशको राजनीतिक स्थायित्व माथि गम्भीर प्रश्न उठाएको उल्लेख गरिन् । उनका अनुसार, युवा पुस्ताको यो आन्दोलनले संविधानको मर्म र भावनालाई आत्मसात गर्दै संवैधानिक प्रावधान अनुसार निकास खोज्नुपर्ने आवश्यकता औंल्याएको छ ।
उनले घटनामा युवाहरूको ज्यान गुमेको र सम्पत्तिको क्षति भएकोमा गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई आग्रह गरिन् ।
भण्डारीले वर्तमान राजनीतिक संकटलाई संवैधानिक दायराभित्र राखेर समाधान गर्न दलहरूलाई सुझाव दिँदै उनले देश दायाँ दिशामा लैजान सबै दलहरूले एकजुट हुनुपर्ने पनि बताइन् ।































प्रतिक्रिया