प्रदेश ३ को राजधानी काभ्रे बनाउन छलफल जारी- सांसद तामाङ

प्रदेश ३ को राजधानी काभ्रे बनाउन छलफल जारी- सांसद तामाङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले निर्वाचनको बेलामा जनताको माझमा गरिएका सबै बाचा पूरा गर्ने बताएका छन् । 

आज काभ्रेपलाञ्चोकको बनेपामा नेकपा (एमाले) बनेपा नगर कमिटीले आयोजना गरेको राज्यमन्त्री बाँस्कोटालाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उनले निर्वाचनबाट वामपन्थी सरकारलाई बहुमतले काम गर्न दिएको कारण विगतमा बोलेका कुरा कार्यान्वयन हुने दृढता व्यक्त गरे ।

“बजेट बनाउने प्रक्रियामा छौं, अब खर्च उत्पादनमा हुन्छ, बाँडीचुँडीमा बजेट जादैन् ।” उनले भने । उनले काभ्रेपलाञ्चोक जिल्लामा विमानस्थल निर्माण गर्ने कुरा विगतमा पनि भनिएको र भर्खरैमात्र स्थलगत रुपमा अनुगमन गरी समिति समेत गरेर उक्त काम अगाडि बढेको उल्लेख गरे । 

कार्यक्रममा संघीय सांसद गंगाबहादुर तामाङले आफूहरुले देखेका समृद्धिका सपना र जनताको बीचमा बाँडेको सपना पूरा गर्नमा सबैको साथ र सहयोग उत्तीकै आवश्यक रहेको बताए । सो अवसरमा उनले प्रदेश नं ३ को राजधानी काभ्रेपलाञ्चोक जिल्लालाई बनाउन विभिन्न चरणमा सरोकारवालासँग छलफल भइरहेको बताए ।

Logo