प्रतिनिधिसभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी

प्रतिनिधिसभा विघटनविरूद्ध एमालेले दायर गरेको रिटमा कारण देखाउ आदेश जारी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध नेकपा एमालेले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिषतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्माको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो।

आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कानून बमोजिमको आधार र कारण भए सो समेत खुलई सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९ बमोजिम यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद सात दिनभित्र प्रत्यार्थीहरूको नाममा महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नू ।’

Logo