प्रतिनिधि छनोट विषयमा च्यासलमा एमालेका कार्यकर्ताहरूबीच धकेलाधकेल

प्रतिनिधि छनोट विषयमा च्यासलमा एमालेका कार्यकर्ताहरूबीच धकेलाधकेल

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेमा प्रतिनिधि छनोट विषयमा तनाव उत्पन्न भएको छ ।

प्रतिनिधि चयन पारदर्शी नभएको भन्दै आदिवासी जनजाति लोकतान्त्रिक महासंघका कार्यकर्ताहरू असन्तुष्ट बनेपछि केन्द्रीय कार्यालय च्यासलमा धकेलाधकेलको स्थिति सिर्जना भएको हो ।

आफ्ना असन्तुष्टिका विषयमा संगठन विभागका प्रमुख काशीनाथ अधिकारी र स्थायी कमिटी सदस्य भानुभक्त ढकालसँग उनीहरूले असन्तुष्टि राखेको थिए । चर्को स्वरमा असन्तुष्टि राखेपछि अर्को पक्ष उनीहरूमाथि जाइलागेको हो ।

दुवै पक्षबीच भनाभन भइरहेका बेला युवा संघका नेता मंगल थापाले आफूहरूमाथि हातपात गरेको बताइएको छ ।

Logo