राप्रपाको मधेस प्रदेशकी सांसद कंचन विच्छाको पद चैट

राप्रपाको मधेस प्रदेशकी सांसद कंचन विच्छाको पद चैट

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को मधेस प्रदेशकी एक मात्र सांसद कंचन विच्छाको पद गुमेको छ ।

पार्टीलाई थाहै नदिई नेकपा एमाले संसदीय दल नेता सरोज यादव नेतृत्वको सरकारमा सहभागी भएकी विच्छाको पद गएको हो । उनलाई सरकारबाट फिर्ता आउन अध्यक्ष राजेन्द्र लिङ्देनले आग्रह गरे पनि मानेकी थिइनन्।

त्यसपछि राप्रपा अनुशासन आयोगले विच्छामाथि कारबाही सिफारिस गरेको थियो भने केन्द्रीय कार्यसम्पादन समितिले ६ महिना पार्टीबाट निलम्बन गर्दै सरकार र प्रदेश सभा सदस्यबाट फिर्ता बोलाउने निर्णय गरेको थियो। सोहीअनुसार प्रदेश सभाले उक्त सूचना टाँस गरेपछि विच्छाको सांसद पद गुमेको हो ।

Skip This
Skip This
Logo