काठमाडौं । मधेस प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई अघि सारिएको छ ।
शुक्रबारको सात दलको बैठकमा यादवलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो । आजै प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष दाबी पेस गर्ने तयारी छ । यो सहमतिमा नेपाली कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा नेपाल, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी गरी सात दल रहेका छन् ।
सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने छाँट देखेर बुधबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले राजीनामा दिएका थिए । लगत्तै प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकार गठनको लागि आह्वान गरेका थिए । त्यसपछि मधेशमा अर्को सरकार बनाउने लामो रस्साकस्सीपछि सात दलबीच सहमति जुटेको हो ।





























प्रतिक्रिया