उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले दिइन् राजीनामा

उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले दिइन् राजीनामा

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिएकी छन् । आज आफ्नो सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेकी हुन् ।

सरकारले हेटौँडामा सडक विस्तार गर्दा घरधनीलाई उचित मुआब्जा नदिई बिजुली काटेर अन्यायपूर्वक घरजग्गामा बनेको संरचना भत्काएपछि आक्रोशित भएकी उनले राजीनामा दिएको उल्लेख गरेकी छिन् । सडक विस्तारमा बल प्रयोग गरेर सरकारले मानव अधिकार विरोधी काम गरेको उनको आरोप छ ।

उनले लेखेकी छिन् । ‘म आज देखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु। अरू अभियन्ता साथीहरू के गर्नु हुन्छ ? मेरो नैतिकता ले दिएन । म हेटौडा पीडितको साथ छु । ‘

Logo