ओली र देउवाको भेटपछि कांग्रेस पनि पुग्यो सर्वोच्च, संसद पुनर्स्थापनाको माग

ओली र देउवाको भेटपछि कांग्रेस पनि पुग्यो सर्वोच्च, संसद पुनर्स्थापनाको माग

केन्द्रबिन्दु
36
Shares

काठमाडौं । प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा पुगेको छ।

प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहितले प्रतिनिधि सभा पुनर्स्थापना माग गर्दै आज सर्वोच्चमा रिट पेस गरेका हुन्। यद्यपी रिट दर्ता भइसकेको छैन। अध्ययनको क्रममै रहेकाले भोलि दर्ता हुनसक्ने बताइएको छ ।

यसअघि नेकपा एमाले पनि प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्दै सर्वोच्च गएको थियो। गत शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच महाराजगञ्जमा भेटवार्ता भएपछि कांग्रेसले पनि यो कदम चालेको हो ।

Logo