काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय संसद् महत्वपूर्ण र निर्णायक ठाउँ हो भन्ने पुष्टयाइ गर्न परिणाम निकाल्ने गरी कार्य सम्पादन गर्न निर्देशन दिएका छन् ।
उन्नाइसौँ सङ्घीय संसद् सेवा दिवसका अवसरमा आज आयोजित ‘उत्प्रेरित कर्मचारीः उत्कृष्ठ संसद् सेवा’ विषयक कार्यक्रममा सभामुख घिमिरेले संसद् महत्वपूर्ण अङ्ग भए पनि त्यो कसरी चल्छ भन्ने चिन्ता र ध्यानाकर्षण गराउन नसकेको बताएका हुन् ।
उनले भने, “कस्ता किसिमका निर्णय गर्दा सदनको गरिमा बढछ् भन्नेबारे खुला बहस र छलफल हुनुपर्छ ।”
कर्मचारीका दायित्व, समस्या र हाम्रो संसद्को चरित्रबारे पनि गहन छलफलको आवश्यकतामा जोड दिँदै सभामुख घिमिरेले कर्मचारीलाई प्रभावकारी नबनाई यो प्रणालीलाई चुस्त तुल्याउन सकिँदैन भने । संसद् सेवाका कर्मचारीको मनोबल उकास्नु पर्नेमा तजविजका आधारमा बजेट विनियोजन गर्ने परिपाटीले चूनौति खडा गरेको उल्लेख गर्दै उनले स्थायी सदनकारूपमा रहेको राष्ट्रियसभाको अधिवेशन बोलाउनका लागि वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराए ।
सभामुख घिमिरेले भने, “अहिलेको विशिष्ट परिस्थितिबाट देशले छिट्टै राजनीतिक निकास पाउने विश्वास छ, देशको आवश्यकता अनुरुप सदन प्रभावकारी हुनेछ, आउने दिनमा अन्यौलता हट्नेछ । बनेका कानुन कार्यान्वयन गर्न सरकारलाई सहयोग गर्ने, बाध्य र विवस तुल्याउने तथा तर्जुमा गर्नु पर्ने कानुन पनि समयमै गर्न स्पष्ट दृष्टिकोण, आवश्यक कानुनी व्यवस्था गर्ने छ ।”





























प्रतिक्रिया