काठमाडौं । विधान महाधिवेशनको निर्णयलाई संशोधन गर्ने तयारीले नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा तनावको स्थिति सिर्जना भएको छ।
आज बिहानैदेखि काठमाडौंको भृकुटीमण्डपमा विधान महाधिवेशनले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले फ्लोरबाट पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन विधान संशोधन प्रस्ताव राखेका छन्।
स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६ महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने गरी कायम गरिनुपर्ने बताएका छन्।
त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरू अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, कर्ण थापालगायतले प्रतिवाद गरेका छन्। उनीहरूले फ्लोरबाट विधान संशोधन प्रस्ताव आउने हो भने आफूहरूले पनि फरक अवधारणा पेस गर्न पाउनुपर्ने माग राखेका छन्।































प्रतिक्रिया