एमाले महाधिवेशनको बन्दसत्र फेरि ३ बजेलाई सर्‍यो

एमाले महाधिवेशनको बन्दसत्र फेरि ३ बजेलाई सर्‍यो

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेकपा एमालेको एघारौँ महाधिवेशनअन्तर्गत आजका लागि तय गरिएको बन्दसत्रको समय परिवर्तन गरिएको छ। यसअघि दिउँसो १२ः१५ बजे सुरु गर्ने तयारी गरिएको बन्दसत्र अब दिउँसो ३ बजेबाट सुरु हुने भएको छ।

प्रतिनिधि छनोट, मनोनीत प्रतिनिधिको सूची तथा विधान संशोधनसँग सम्बन्धित विषयमा छलफल लम्बिँदा बन्दसत्रको समय सारिएको जनाइएको छ। बन्दसत्र सुरु हुनुअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटीको अन्तिम बैठक बसिरहेको छ।

केन्द्रीय कमिटी बैठकमा प्रतिनिधि विवाद, विधान संशोधन प्रस्ताव र महाधिवेशनका बाँकी कार्यसूचीबारे छलफल भइरहेको नेताहरूले बताएका छन्।

Logo