एमाले महाधिवेशनको बन्दसत्र जारी

एमाले महाधिवेशनको बन्दसत्र जारी

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेकपा एमालेको ११‌औं महाधिवेशनको बन्दसत्र अहिले भृकुटीमण्डपमा बसिरहेको छ ।

कुनै अध्यक्ष मण्डल नबनाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बन्द सत्र सञ्चालन गरेका छन् । केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन् । स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

बन्दसत्रको आरम्भ गर्दै अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिहरुलाई स्वागत गर्दा महाधिवेशन निर्वाध सम्पन्न हुने विश्वास व्यक्त गरे ।

बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता, समसामयिकलगायत विषय प्रस्तुत हुनेछ ।

Skip This
Skip This
Logo