सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न समिति गठन

सरकारद्वारा दुर्गा प्रसाईंसँग वार्ता गर्न समिति गठन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रिय, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग वार्ता गर्न समिति गठन गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको नेतृत्वमा वार्ता समिति गठन गरिएको हो । समितिमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोविन्द नारायण तिमिल्सिना सदस्य रहेका छन्।

वार्ता समिति गठन गरिएको विषयमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले प्रसाईंलाई पनि पत्र पठाएको छ।

Skip This
Skip This
Logo