एमाले महाधिवेशनः महिलाको प्रतिनिधित्व नाजुक, पद्मा मात्रै जितनजिक

एमाले महाधिवेशनः महिलाको प्रतिनिधित्व नाजुक, पद्मा मात्रै जितनजिक

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले एकतर्फी रुपमा अग्रता बढाएका छन् । केन्द्रीय निर्वाचन आयोगका अनुसार बुथ एकदेखि ४० सम्म ११३९ मत गणना हुँदा ओलीले ८४३ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको २९६ मत छ । उनीहरुबीच निकै ठूलो मतान्तर देखिन्छ ।

त्यस्तै, महासचिव पदमा शंकर पोखरेलले अग्रता कायमै राखेका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पोखरेलले ६१३ मत पाउँदा सुरेन्द्र पाण्डेको ५२६ मत छ ।

अन्य पदाधिकारीको पनि टक्कर नै चलिरहेको छ । तर पदाधिकारी टिममा महिलाको प्रतिनिधित्व नाजुक हुने देखिएको छ । निर्वाचन परिणाम अनुसार महिलाबाट सचिव पदमा उठेकी पद्मा अर्यालबाहेक अरु कोही सेफ जोनमा छैनन् ।

१९ पदाधिकारीका लागि ४२ जनाले उम्मेदवारी दिएकोमा महिला ४ जना मात्रै थिए । उपाध्यक्षमा ईश्वर पोखरेलको प्यानलबाट बिन्दा पाण्डे, सचिवमा संस्थापन पक्षबाट पद्मा अर्याल र सचिवमै पोखरेल प्यानलबाट रचना खड्काले उम्मेदवारी दिएका हुन् । यस्तै पेम्बा लामा ‘स्वतन्त्र’ उम्मेदवार बनेकी थिइन् । उनीहरूमध्ये पाण्डे, खड्का र लामा प्रतिस्पर्धामा पछाडि परेका छन् ।

यस्तो छ मतपरिणामकाे अपडेट-

अध्यक्ष (१)

  • केपी शर्मा ओली : ८४३
  • ईश्वर पोखरेल : २९६
    उपाध्यक्ष (५)
  • पृथ्वी सुव्बा गुरुङ : ९००
  • विष्णु प्रसाद पौडेल : ८४६
  • रामबहादुर थापा ‘बादल’ : ७७४
  • गोकर्ण राज विष्ट : ७१३
  • रघुजी पन्त : ६१७
  • गुरु प्रसाद बराल : ५८५
  • विन्दा पाण्डे : ४७४
  • पर्शुराम मेघी गुरुङ : ३३४
  • अरुण नेपाल : २२३
  • टंक प्रसाद कार्की : १८६
  • भीम प्रसाद आचार्य : १४३
    महासचिव (१)
  • शंकर पोखरेल : ६१३
  • सुरेन्द्र प्रसाद पाण्डे : ५२६
    उपमहासचिव (३)
  • लेखराज भट्ट : ७३४
  • योगेश भट्टराई : ७०९
  • रघुवीर महासेठ : ६८९
  • विष्णु प्रसाद रिमाल : ५४०
  • आनन्द प्रसाद पोखरेल : ३३४
  • वैजनाथ चौधरी : २७१
  • राजेन्द्र प्रसाद गौतम : १४०
    सचिव (९)
  • महेश बस्नेत : ७८३
  • पद्मा कुमारी अर्याल : ७७८
  • छविलाल विश्वकर्मा : ७६९
  • शेरधन राई : ७६७
  • खगराज अधिकारी : ६८०
  • हिक्मत कुमार कार्की : ६७२
  • यमलाल कँडेल : ६२६
  • राजन भट्टराई : ५८१
  • भानुभक्त ढकाल : ५५२
  • गोकुल प्रसाद बास्कोटा : ५२८
  • ठाकुर प्रसाद गैरे : ४६२
  • रचना खड्का : ४५९
  • कर्णबहादुर थापा : ४४४
  • लाल बाबु पण्डित : ३९९
  • अग्नि प्रसाद खरेल : ३७७
  • विनोद प्रसाद ढकाल : ३५५
  • कृष्ण गोपाल श्रेष्ठ : ३२५
  • पेम्बा लामा : २५५
  • पुरुषोत्तम पौडेल : २३०
  • इन्द्रलाल साप्कोटा : २०९

Logo