१६६३ मत ल्याएर अध्यक्ष जितेका ओलीले केन्द्रीय सदस्यमा ९७९ मत मात्रै

१६६३ मत ल्याएर अध्यक्ष जितेका ओलीले केन्द्रीय सदस्यमा ९७९ मत मात्रै

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा १६६३ मत ल्याएर अध्यक्ष जितेका केपी शर्मा ओलीले केन्द्रीय सदस्यमा ९७९ मत पाएका छन् ।

त्यस्तै, अध्यक्षमा ५६४ मत पाएका ईश्वर पोखरेलले केन्द्रीय सदस्य पदमा १०८८ मत पाएका छन् ।

एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार बनेपछि केन्द्रीय सदस्यमा पनि उम्मेदवार बन्नु पर्नेछ । यद्यपी पदाधिकारीमा जितेपछि केन्द्रिय सदस्यको मत गणना हुँदैन ।

Logo