काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि हात हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।
तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अब पञ्चालकालको जस्तो जाली मुद्दा लगाउने कोसिस हुँदैछ । एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’
टोलटोलमा सुरक्षा समिति एक हप्ताभित्र गठन गर्न पनि उनको निर्देशन छ । ‘राज्य संयन्त्रको मार्फत् भर पर्ने होइन । हामी आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ,’ उनले भने, ‘एक हप्ताभित्र टोल सुरक्षा समिति एक हप्तामा बनाउनुहोस् ।’































प्रतिक्रिया