रवि पत्नी निकिता भन्छिन्- नखाएको विष लाग्यो, तर सत्यको जीत भयो

रवि पत्नी निकिता भन्छिन्- नखाएको विष लाग्यो, तर सत्यको जीत भयो

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले अदालतको पछिल्लो आदेशसँगै आफ्नो परिवारले भोग्दै आएको एउटा कठिन अध्यायको अन्त्य भएको बताएकी छिन्।

लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बिहीबार थुनामुक्त गर्न आदेश दिएसँगै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले यस अवधिलाई ‘प्रतिशोधको सिकार’ भएको समयका रूपमा चित्रण गरेकी छिन्।

पौडेलले रवि लामिछाने राजनीतिमा आएकै कारण नियोजित रूपमा दुःख दिने र जनविश्वास कमजोर बनाउने प्रयास गरिएको दाबी गरेकी छिन्। उनले लेखेकी छिन्, “ऊ राजनीतिमै नआएको भए यसरी प्रतिशोधको सिकार हुनुपर्ने नै थिएन। तर, बढ्दो जनविश्वास कमजोर बनाउन र व्यक्तिगत दुःख-हैरानी दिन लेखिएको कथाको एक अध्याय आजको आदेशसँगै सकिएको छ।”

पछिल्लो समय लामिछाने हिरासतमा रहँदाको पीडा व्यक्त गर्दै पौडेलले आफूले उनको अनुपस्थितिमा गहिरो रिक्तता भोगेको र रविले दृढताका साथ ‘कालकोठरी’ को कष्ट सहेको उल्लेख गरेकी छिन्।

कानुनी लडाइँ अझै बाँकी रहेको स्वीकार गर्दै उनले आगामी दिनमा अझ सशक्त भएर उभिने संकल्प गरेकी छिन्। “याे बीचमा हामीले के भाेगेनाैं। ऊसले ‘कालकाेठरी’ भाेग्याे। र, मैले उसकाे अनुपस्थितिकाे गहिराे रिक्तता भाेगें। उस्तै मान्छेले याे तहकाे हद खप्नै सक्दैनन्। तर, उसले हाँसीहाँसी प्रतिशाेधकाे प्रहार खेप्दा मैले उसकाे दृढतालाई कानूनी पाटाेबाट संरक्षणकाे हरसंभव प्रयास गरें।
“उनले भनेकी छिन्, “न्यायिक प्रक्रियाबाटै तत्कालको यो राहतलाई दीर्घकालीन बनाएर हामी अझै सबल र सशक्त भएर उठ्नेछौँ ।”

Logo