विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका छन्। मुख्यमन्त्रीको सचिवालयका अनुसार संविधानको धारा १६८ अनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनु अनिवार्य रहेको छ ।

मुख्यमन्त्री यादव मङ्सिर १९ गते सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए। वर्तमान राजनीतिक अवस्थाअनुसार यादवले सहजै विश्वासको मत प्राप्त गर्ने अनुमान गरिएको छ ।

विश्वासको मत प्राप्त भएमा प्रदेश सरकारको कार्यकाल थप स्थिर हुने र बजेट कार्यान्वयन, विकास निर्माण तथा सुशासनका काममा सरकार अझ सक्रिय हुने अपेक्षा छ।

यसैबीच, प्रदेशसभाको सभामुख निर्वाचन पुस ६ गते हुने भएको छ। प्रदेशसभाको उपसभामुख बबिता राउत ईशरले निर्वाचन प्रक्रिया अघि बढाउन आवश्यक निर्देशन दिएको जानकारी दिइन्। प्रदेशसभा बैठक आज साँझ ४ बजे बस्ने तय भएको छ।

Logo