चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

केन्द्रबिन्दु
42
Shares

चितवन। नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ बढेको छ । गत साउनयता यहाँ ४० जनाले नागरिकता परित्याग गर्दा ४९ जनाले गैरआवासीय नागरिकता लिएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता परित्याग गर्नेमा १३ महिला र २७ पुरुष छन् । गैरआवासीय नागरिकता लिन नेपाल आएका समयमा नेपाली नागरिकता परित्याग गर्ने गरेको उनले बताउनुभयो । जिल्लामा साउनयता २० महिला र २९ पुरुषले गैरआवासीय नागरिकता लिएका छन् । यो नागरिकताका लागि कार्यालयले जारी गरेको अनुसूची फर्म भरेर पासपोटको फोटोकपी, विदेशी नागरिकताको फोटोकपी, नागरिकता त्यागेको निस्सा र नातेदार वा चिनजानको व्यक्तिले सनाखत गर्नुपर्ने उनले बताए ।

विदेशमा बसेका नोपालीहरूले नेपालमा लगानी गर्न सहजताका लागि गैरआवासीय नागरिकता लिने गरेको उनले जानकारी दिए। जिल्लामा दुई जनाको नागरिकता रद्द गरिएको उनले बताए। दोहोरो नागरिकता रहेको वा राज्यविरोधी गतिविधि गरेकाहरूको नागरिकता रद्द गरिएको हो । साउनयता यस कार्यालयबाट वंशजका आधारमा तीन हजार ७५९ जना र वैवाहिक अङ्गीकृत नागरिकता ११ जनाले लिएका छन् ।

Skip This
Skip This
Logo