मिराज ढुङ्गानाको जेनजी समूहले पाएन प्रशासनबाट आन्दोलनको अनुमति

मिराज ढुङ्गानाको जेनजी समूहले पाएन प्रशासनबाट आन्दोलनको अनुमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ। मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले आइतबार घोषणा गरेको आन्दोलनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमति नदिने निर्णय गरेको छ ।

आन्दोलनका लागि समूहले सोमबार अनुमति माग्दै प्रशासनमा पत्र बुझाए पनि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले स्पष्ट रूपमा अनुमति नदिने बताए । “फरक–फरक समूहले अनुमति माग्नुभएको छ । प्रशासनले कसैलाई पनि अनुमति दिएको छैन, दिँदैन,” पौडेलले बताए ।

ढुङ्गाना समूहले ‘गरी खान देऊ’ अभियानअन्तर्गत आइतबार माइतीघरमा विरोध प्रदर्शन गर्ने योजना बनाएको थियो। प्रशासनको यस्तो निर्णयले आन्दोलनको तयारीमा रहेको समूहमा असन्तुष्टि देखिएको छ ।

Skip This
Skip This
Logo