काठमाडौँ। सर्वपक्षीय सरकार गठनको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मिराज ढुङ्गानाको अगुवाइमा भएको प्रदर्शनमा रविकिरण हमाल, निकोलस भुसाललगायत युवाहरू सहभागी थिए।
प्रदर्शनकारीहरूले वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै सर्वपक्षीय सरकार गठन भएपछि मात्र निष्पक्ष निर्वाचन सम्भव हुने दाबी गरेका थिए। उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ लेखिएका प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए।
प्रदर्शनका क्रममा युवाहरूले भ्रष्टाचार, बेरोजगारी र राजनीतिक अस्थिरताको मुद्दा उठाउँदै वर्तमान व्यवस्थाले सुशासन दिन नसकेको आरोप लगाए । राजनीतिक सहमति र साझा सरकारबिना हुने चुनावले समस्या समाधान नगर्ने र झन् संकट गहिरिने खतरा बढेको भन्दै उनीहरु प्रर्दशनमाख उत्रिएका थिए ।
प्रशासनले भने पूर्वअनुमति बिना प्रदर्शन गरिएको भन्दै सुरक्षाको कारण देखाएर सहभागीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएकाहरूलाई केहीबेरपछि आवश्यक प्रक्रिया पूरा गरी छाडिने बताइएको छ ।































प्रतिक्रिया