ललितपुर। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित कार्यलाई अझ मजबुत, संस्थागत र व्यापक बनाउने प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र इसिमोड खुमलटारमा आयोजित चौथो राष्ट्रिय संवादलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले नेपालको बहुप्रकोपीय जल तथा मौसमजन्य विपद्को जोखिमलाई कम गर्न विज्ञान, प्रविधि र पूर्वसूचनामा आधारित पूर्वकार्य आवश्यक रहेको स्पष्ट पारे ।
उनले भने, “पूर्वसूचना प्रणाली, जोखिम नक्साङ्कन र प्रभावमा आधारित पूर्वसूचना जारी भएपछि तुरुन्तै सक्रिय हुने स्पष्ट कार्ययोजना र स्रोतसाधनले जनधनको ठूलो क्षति रोक्न मद्दत गर्छ।”
कार्यक्रममा राष्ट्रिय प्राधिकरणका कार्यकारी प्रमुख, संयुक्त राष्ट्रका प्रतिनिधि, नेपाल रेडक्रस र अन्य विशेषज्ञहरूले पनि पूर्वअनुमानमा आधारित पूर्वकार्यको महत्व र प्रभावकारिता औंल्याए । सहभागिहरूले अनुभव आदानप्रदान गर्दै राष्ट्रिय स्तरमा पूर्वकार्यका लागि फ्रेमवर्क तयार गर्ने दिशामा अघि बढेको जानकारी गराएका थिए । गृहमन्त्री अर्यालले पूर्वकार्य प्रभावकारी हुँदा मात्र बाढीपहिरो, खडेरी, आगलागी, चट्याङ, तातो–शीतलहर र महामारीजस्ता विपद्का कारण हुने क्षति न्यून गर्न सकिनेमा जोड दिएका थिए ।































प्रतिक्रिया