एक महिनामै त्यागिन् एलिजाले जनादेश,आजपामा उपाध्यक्ष

एक महिनामै त्यागिन् एलिजाले जनादेश,आजपामा उपाध्यक्ष

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ। जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी गठनको एक महिनामै साथ छाड्दै प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) मा प्रवेश गरेकी छन्। आजपामा उनलाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ।

एलिजाले सामाजिक सञ्जालमार्फत आजपा अध्यक्ष प्रभु साहप्रति आभार व्यक्त गर्दै पार्टीलाई सबल र जनप्रिय बनाउन काम गर्ने प्रतिबद्धता जनाएकी छन्। उनले विकास, भ्रष्टाचार नियन्त्रण, सुशासन, महिला सशक्तीकरण र मजदुरको हकहितलाई प्राथमिकतामा राखेर १० बुँदे एजेन्डा अघि सारेकी छन्।

२५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ता प्रक्रियामा सहभागी भएकी एलिजा बुधबार जनादेश पार्टीबाट अलग हुँदै आजपामा आबद्ध भएकी हुन्। उनले नयाँ पार्टीमा रहँदा गर्ने काम पनि सार्वजनिक गरेकी छन् । पार्टीलाई सबल र जनप्रिय बनाउन कुनै कसर बाँकी नराख्ने भन्दै उनले आफ्ना ‘एजेण्डा’ भनेर बुँदागत रुपमा लेखेकी छन् ।

१.देशमा विकास गराउन पहल गर्ने

२. नेपाललाई सम्पन्न तथा समृद्ध बनाउने

३.भ्रष्टाचार गर्नेहरूलाई कडाइका साथ कारबाही गर्ने

४. देशमा सुशासन ल्याउने र जनताको काम समयमै हुने वातावरण सृजना गर्ने

५. भुइँ मान्छेको एजेन्डा बोकेर अघि बढ्ने

६.देशका जनताको पक्षमा काम गर्ने

७.व्यक्तिगत स्वार्थ छोडेर राष्ट्रको हितलाई सर्वोपरि राखेर अघि बढ्ने

८.पीडितको पक्षमा उभिने र अन्यायमा परेको मानिसलाई न्याय दिने

९.महिला सशक्तीकरणका लागि निरन्तर काम गर्ने

१०. मजदुरको लागि काम गर्ने ।

Skip This
Skip This
Logo