काठमाडौं । वैकल्पिक शक्ति निर्माण गर्ने प्रयास स्वरुप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ।
बालेनका सहयोगी कुमार बेनको ललितपुरस्थित निवासमा दुई नेताबीच छलफल चलिरहेको हो । भित्र दुई रवि र बालेन शाहबिच छलफल चलिरहँदा बाहिर भने जेनजी अभियन्ता सुदन गुरुङ रहेका छन् । आफू सहमतिका लागि दबाब दिन छलफल स्थलमा आएको बताएका उनले घरको गेटमा ताला नै लगाइदिएका छन् ।
सहमति नगरेसम्म बालेन र रविलाई बाहिर निस्कन नदिने उनको भनाइ छ । उनले भिडियोमा भनेका छन्, ‘जबसम्म दुई जना मिल्नु हुँदैन तबसम्म यो गेट खोलिँदैन । हामीले गेटमा ताला लगाएर राखेका छौँ ।’
यसअघि सोमबार राति कमलपोखरीमा झण्डै ७ घण्टा छलफल गरेका रवि र बालेनले आजको छलफलमा टुंगोमा पुग्ने तयारी गरेका छन् । बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारकै रुपमा अघि बढाउने गरी रास्वपा लागेको खबरहरु पनि बाहिरएको छ । तर यसमा ठोस सहमति भने भइसकेको छैन ।





























प्रतिक्रिया