बालेनसँगको भेटपछि किन बोलेनन् रवि लामिछाने ?

बालेनसँगको भेटपछि किन बोलेनन् रवि लामिछाने ?

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहसँग वार्ता सकेर रास्वपा सभापति रवि लामिछाने बाहिरिएका छन् ।

आज कुपण्डोलस्थित मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारको घरमा दुई नेताबीच राजनीतिक भेटघाट भएको थियो । मिलेर जाने प्रस्ताव लिएर रवि बालेनलाई भेट्न पुगेका थिए । तर भित्र कुरा मिले नमिलेकोबारे खास विवरण बाहिर नआएपनि रवि भने पत्रकारको प्रश्नमा जवाफ नदिई बाटो लागेका छन् ।

बालेनसँगको वार्तापछि उनलाई सञ्चारकर्मीले वार्ता के भयो ? भनेर प्रश्न गरेका थिए । सो क्रममा रविले प्रतिप्रश्न गर्दै भनेका छन्, ‘मेरो अनुहारले के भन्छ ?’ त्यसपछि ‘लौरो टेक्ने कि घण्टी बजाउने ?,’ भनेर पनि उनलाई प्रश्न गरिएको थियो । जसको जवाफमा रविले भने, ‘अलिकति पर्खनुस् न । बाँकी समयले बताउला, वार्ता राम्रो भयो ।’ उनले ठोस जवाफ दिन सकेनन् ।

यसअघि सोमबार राति कमलपोखरीमा झण्डै ७ घण्टा छलफल गरेका रवि र बालेनले आजको छलफलमा टुंगोमा पुग्ने तयारी गरेका थिए । बालेनलाई आगामी प्रधानमन्त्रीको उम्मेदवारकै रुपमा अघि बढाउने गरी रास्वपा लागेको खबरहरु पनि बाहिरएको छ । तर यसमा ठोस सहमति भने भइसकेको छैन । अर्को चुनावपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सघाउने प्रस्ताव आएको थियो । त्यसमा ठोस सहमति नभए पनि सकारात्मक छलफल भएको उनीहरू निकट नेताहरूले बताएका थिए ।

बालेन शाहले केही दिनयता राजनीतिक सक्रियता बढाएका छन् । रविलाई भेटेपछि बुधबारदेखि उनी विभिन्न राजनीतिक शक्ति र व्यक्तिसहित जेनजी अभियन्तासँग छलफल चलाइरहेका छन् ।

Logo