काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक आइतबार बिहान ११ पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो। बैठकमा समानुपातिक उम्मेदवारको बारेमा छलफल हुनेछ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतबार र सोमबार दलहरूले समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगको कार्यालयमा बुझाइसक्नुपर्नेछ। साथै, एघारौँ महाधिवेशनपछि नेताहरूको कार्य विभाजन तोक्न बाँकी रहेकाले सचिवालय बैठकमा त्यसबारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।































प्रतिक्रिया