अस्तित्व मेटाएर एकतामा जान सकिएनः मन्त्री घिसिङ

अस्तित्व मेटाएर एकतामा जान सकिएनः मन्त्री घिसिङ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले अस्तित्व मेटाएर रवि बालेन सँगको एकतामा जान नसकेको बताएका छन् । शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा काठमाडौँको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने एकताका लागि प्रयास गरेपनि आफ्नै अस्तित्व मेटाएर समाहित हुन नसकेको बताए ।

वैकल्पिक शक्तिहरूलाई समान अस्तित्व र साझा उद्देश्यका लागि गोलबद्ध हुन आग्रह गर्दै उनले जनताको इच्छा नयाँ शक्तिहरूको सहअस्तित्वमा आधारित एकता देख्न पाउनु भएको भन्दै एकपक्षिय सम्झौतामा आँफु अटाउन नसकेको बताए ।

घिसिङले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनलाई देशको भविष्य तय गर्ने निर्णायक मोडको रूपमा चित्रण गर्दै सबै नागरिकलाई सचेत र सक्रिय हुन आग्रह गरे।
वैकल्पिक शक्तिहरूको सहकार्य र आन्तरिक सन्तुलन अहिलेको आवश्यकता भएकोमा जोड दिँदै घिसिङले समान मुद्दा भएका शक्तिहरु विच एकताको ढोका खुला रहेको जिकिर समेत गरे ।

शनिवार रवि बालेन र उज्यालो नेपाल पार्टीविच लामो छलफल भएको थियो । रास्वपाको प्रस्ताव अस्वीकार गरेको छ । पार्टीको नाम चुनाव चिन्ह नेतृत्व सवै रवि बालेनमा सीमित हुने देखिएपछी कुलमान छलफल बाट बाहिरिएका थिए । पार्टीको नाम उज्यालो पार्टी नेपालमा लचकता देखाएका कुलमान अन्ततः त्यो सम्भव नभएपछी एकताबाट बाहिरिएका थिए ।

Logo