समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन, दलहरू अन्तिम तयारीमा

समानुपातिक बन्द सूची बुझाउने आज अन्तिम दिन, दलहरू अन्तिम तयारीमा

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची बुझाउने आज अन्तिम दिन परेको छ। निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार दलहरूले कार्यालय समयभित्र बन्द सूची अनिवार्य रूपमा पेस गरिसक्नुपर्नेछ।

आयोगले पुस १३ र १४ गतेलाई बन्द सूची पेस गर्ने मिति तोकेको थियो। यसअघि केही दलहरूले आइतबार नै आफ्नो बन्द सूची बुझाइसकेका छन् भने अधिकांश प्रमुख दलहरू अन्तिम निर्णयमा जुटिरहेका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरू आन्तरिक छलफल र गृहकार्यमा व्यस्त छन्। सूची तयार गर्दा कानुनले तोकेको प्रक्रिया, समावेशी क्लस्टर र मापदण्ड पूरा गर्न आयोगले विशेष जोड दिएको छ।

बन्द सूची निर्वाचन आयोगमा बुझाएपछि दलहरूले पारदर्शिताका लागि नागरिकको जानकारीमा सार्वजनिक गर्न सक्ने व्यवस्था पनि रहेको छ। आजको म्यादसँगै समानुपातिकतर्फको उम्मेदवारी प्रक्रिया औपचारिक रूपमा टुंगिनेछ।

Logo