एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा

एफसी चितवनका अध्यक्ष सचिन रास्वपाको समानुपातिक सूचीमा

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । फुटबल चितवन क्लव (एफसी चितवन)का अध्यक्ष सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिकको सूचीमा परेकी छन् ।

सचिन खेलकूद, पर्यटन तथा हस्पिटालिटी व्यवसाय तथा युवाका क्षेत्रमा कार्यरत छन् । युवा समाजसेवी सचिन बालेन साहको कोटाबाट परेका हुन् । उनको नाम खस आर्यको २ नम्बर सूचीमा छन् ।

उनी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा हुन् ।

रास्वपासँग एकीकरण गर्नुअघि मेयर बालेनले गरेको श्रृंखलाबद्ध भेटघाटका क्रममा सचिनसँग पनि कुराकानी गरेका थिए । त्यहीबेला उनले सचिनलाई राजनीतिमा आउन आग्रह गरेका थिए । र उनी समानुपातिकको सूचीमा परेका हुन् ।

स्कुल तहको अध्ययन भारतको दिल्लीबाट गरेका ढकालले अमेरिकाबाट ‘उद्यमशिलता’ विषयमा स्नातकोत्तर गरेका छन् । अध्ययन पूरा गरेसँगै ढकालले आइएमई ग्रुप अन्तर्गतका हस्पिटालिटीका क्षेत्रमा समेत सक्रियता बढाएका छन् । उनकै ब्यवस्थापनमा इला कम्फर्ट होटलहरू सन्चालनमा छन् ।

Logo