काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको तयारीमा लागेपछि सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्। शुक्रबार बिहान महाराजगञ्जस्थित निवासमा सभापति देउवासँग बैठकका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताहरू उपस्थित हुने तयारीमा छन्। कार्यवाहक सभापति खड्कानिकट स्रोतले भेटघाटको पुष्टि गरेका छन्।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ। बैठकका लागि प्रमुख सूचना मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेका छन्।
यसअघि, राष्ट्रिय एकता तथा मेलमिलाप दिवस (१६ पुस) का लागि तय भएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वयले बिहीबार अधिवेशन स्थगनको विज्ञप्ति जारी गरेका थिए। उनीहरूले केही दिनभित्रै २७ पुसका लागि विशेष महाधिवेशन घोषणा गर्ने तयारी पनि गरेको बताइएको छ। विशेष महाधिवेशनका लागि भृकुटीमण्डप पनि पक्षधर समूहले बुक गरिसकेको छ।





























प्रतिक्रिया