कांग्रेस विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा गर्ने घोषणा

कांग्रेस विशेष महाधिवेशन पुस २७ र २८ गते काठमाडौंमा गर्ने घोषणा

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन यही पुस २७ र २८ गते काठमाडौंमा हुने भएको छ ।

विशेष महाधिवेशन पक्षधरले आज पत्रकार सम्मेलन गर्दै पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन गर्ने घोषणा गरेको हो । पार्टीको नियमित १५औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी तीव्र छ ।

विधानको धारा १७ को उपधारा २ अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएको तीन महिना पुग्न लाग्दा पनि केन्द्रिय नेतृत्वले टारेको भन्दै पक्षधरहरू आक्रोशित भएका छन् । तर संस्थापन पक्षले नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ ।

Skip This
Skip This
Logo