आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्न लागेको हो ।विधायन व्यवस्थापन समितिको १५३ औं बैठक बिहान ११ः३० बजे सिंहदरवारस्थित समितिको बैठक कक्षमा बस्दैछ ।आजको बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गरिने कार्यसूची तय गरिएको छ ।

यस्तै बिहानको ११ः३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति हलमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१५औँ बैठक बस्दैछ । बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्वन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo