इतिहासको ब्याज खाएर बस्ने समय सकियो : गोपालमान श्रेष्ठ

इतिहासको ब्याज खाएर बस्ने समय सकियो : गोपालमान श्रेष्ठ

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले पार्टीमा पुराना नेताहरू इतिहासको ब्याज खाएर बस्न नपाउने बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भविष्यका तारा महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना भएको महाधिवेशनको सफलताको कामना गरे।

७८ वर्षका गोपालमानले भने, “म यहाँ कुनै पदको लागि होइन, पार्टी र देशको भविष्यका लागि आएको हुँ। ७० वर्ष कांग्रेसमा रगत र पसिना बगाइसकेको व्यक्ति भएर आजको अवस्था हेर्दा अब पुराना गुटको कुरा नगरी युवा नेतृत्वलाई अघि सार्नुपर्छ।”

उनले देशको जटिल राजनीतिक स्थिति र राष्ट्रिय सुरक्षा संकटप्रति चिन्ता व्यक्त गर्दै भने, “साउथ एसियामा कालो बादल मडारिएको छ । अब देशै नरहेको अवस्थामा कससँग शासन गर्ने ?” श्रेष्ठको ठाडो चेतावनी थियो ।

गोपालमानले पार्टीभित्रको गुटबन्दीभन्दा माथि उठेर युवालाई अगाडि सारेर चुनाव जिताउन आग्रह गर्दै इतिहास र अनुभवलाई मार्गदर्शनको रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए ।

Logo