पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न कांग्रेस कावा सभापति खड्काको अपिल

पार्टी एकतामा प्रतिकूल असर पर्ने गतिविधि नगर्न कांग्रेस कावा सभापति खड्काको अपिल

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निवासको भएको बैठकपछि खड्काले विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।’

Skip This
Skip This
Logo