नेकपाका २४९९ केन्द्रिय सदस्यले लिए सपथ

नेकपाका २४९९ केन्द्रिय सदस्यले लिए सपथ

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय तहको सांगठनिक संरचना पूर्ण गर्दै एकैपटक २४९९ जना केन्द्रीय सदस्यलाई पद तथा गोपनीयताको शपथ गराएको छ । पार्टी एकतापछि बाँकी रहेको सबैभन्दा महत्वपूर्ण काम संगठनात्मक समायोजन यससँगै टुंगिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहमा ९६ वर्षीय जेष्ठ सदस्य नन्दकुमार प्रसाईँले संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललाई शपथ खुवाएपछि शपथ प्रक्रिया सुरु भएको हो । त्यसपछि संयोजक प्रचण्डले उपस्थित केन्द्रीय सदस्यहरूलाई सामूहिक रूपमा शपथ गराएका थिए ।

काठमाडौं उपत्यकाबाहिर रहेका केन्द्रीय सदस्यहरू भने भर्चुअल माध्यमबाट शपथ प्रक्रियामा सहभागी भए । माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टीसहित १९ वटा वामपन्थी दल र समूह समेटेर बनाइएको एकीकृत पार्टीले यसरी ‘जम्बो’ केन्द्रीय समिति तयार गरेको छ ।

गत कात्तिकमा पार्टी एकताको घोषणा भए पनि केन्द्रीय तहको समायोजन रोकिँदा संगठनात्मक संरचना अपूरो थियो । मंगलबारको शपथसँगै पार्टीले औपचारिक रूपमा पूर्ण केन्द्रीय समिति पाएको छ, जसलाई नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमै सबैभन्दा ठूलो केन्द्रीय कमिटीमध्ये एकका रूपमा हेरिएको छ ।

शपथ समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले एकतालाई यहीँ सीमित नराखिने स्पष्ट पारे ।
उनले भने, “हामी आज एक ठाउँमा उभिएका छौँ । यो सुरुवात मात्र हो । वाम एकतालाई अझै फराकिलो र मजबुत बनाउनु हाम्रो लक्ष्य हो।”

Skip This
Skip This
Logo