कांग्रेस विशेष महाधिवेशन : सभापति पदका लागि ३ फाराम वितरण, अघि बढ्यो चुनावी प्रक्रिया

कांग्रेस विशेष महाधिवेशन : सभापति पदका लागि ३ फाराम वितरण, अघि बढ्यो चुनावी प्रक्रिया

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशनमा दिउँसो ३ः२५ बजेसम्म कुल ३० वटा फाराम वितरण गरिएको छ, जसमा ३ वटा फाराम सभापति पदका उम्मेदवारका लागि छुट्याइएको छ । महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाएपछि संस्थापन समूहले रोक्नका लागि छलफल डाकेको छ । छलफलमा सभापति शेरबहादुर देउवा समूह, शेखर कोइराला समूह र विशेष महाधिवेशनका नेताहरू सहभागी छन् ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा केन्द्रीय समिति बैठक पनि जारी छ । विशेष महाधिवेशन पक्षले ५४ प्रतिशत प्रतिनिधिको मागअनुसार चुनाव प्रक्रिया अघि बढाइरहेकाले अब पार्टीभित्र निर्णायक मोड सुरु भएको देखिएको छ ।

Logo