काठमाडौंं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीद्वयले नयाँ नेतृत्वका नाममा पार्टीलाई बिखण्डन गरेको आरोप लगाएका छन् ।
शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक सभापति खड्काले भने, ‘महामन्त्रीहरूले विशेष महाधिवेशनले पार्टी फुट्दैन। पार्टी फुट्न थाल्यो भने हलबाट निस्किने मै हुन्छ भनेर प्रतिनिधिहरूलाई झुठो आश्वासन दिए। अन्ततः उनीहरूले नयाँ नेतृत्वका नाममा पार्टीलाई बिखण्डन गरे ।’
साथै उनले विशेष महाधिवेशनको औचित्य नियमित महाधिवेशनको तालिका आएलगत्तै सकिएको निष्कर्ष तत्कालीन महामन्त्रीद्वय सहभागी बैठकले नै निकालेको पनि स्मरण गराए ।
खड्काले निर्वाचन आयोगले आफूहरुलाई मान्यता नदिए देशभर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनले भने, ‘निर्वाचन आयोगले हामीले नेतृत्व गरिरहेको नेपाली कांग्रेसलाई मान्यता दिएन भने कांग्रेस देशभर आन्दोलन गर्न तयार छ । हामी गाउँगाउँ, वडावडाबाट चारतारे झण्डा लिएर आन्दोलित हुनेछौं ।’































प्रतिक्रिया