काठमाडौं। नेपाली कांग्रेसमा शेखर कोइराला समूहले अबदेखि निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बैठकमा भाग नलिने निर्णय गरेको छ।
निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिलाई मान्यता दिएपछि, कोइरालानिकट नेताहरूले सडक आन्दोलनभन्दा चुनावमा ध्यान दिनुपर्ने निष्कर्ष निकालेका हुन्।
कोइरालाले सानेपामा भएको विघटित केन्द्रीय समिति बैठकमा स्पष्ट पार्दै भने, “निर्वाचनमा जाने वा नजाने व्यक्तिगत निर्णय हो। तर हामी सडक आन्दोलनमा लाग्दैनौं, चुनावमै सक्रिय रहनेछौं।”
कोइरालानिकट केही नेताहरूले अदालतले निर्णय नगरेसम्म बैठकमा सहभागी हुने विषयमा विचार राखे पनि, अधिकांशले अब देउवा समूहको बैठकमा सहभागी नहुने पक्षमा सहमति जनाएका छन्।
निर्वाचनको तयारीलाई ध्यानमा राख्दै, कोइरालाले माघ ११ को राष्ट्रिय सभा र फागुन २१ को प्रतिनिधि सभा निर्वाचन सफल बनाउनुपर्ने कुरा बैठकमा राखेका थिए।





























प्रतिक्रिया