काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार मनोनयन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिटमा माघ ६ गतेका लागि तय गरिएको उम्मेदवारी दर्ता कार्यतालिका तत्काल स्थगित गर्न अन्तरिम आदेशको माग गरिएको छ ।
देउवा पक्षले निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयका कारण पार्टी आधिकारिक रूपमा निर्वाचनमा सहभागी हुन नसक्ने अवस्था सिर्जना भएको दाबी गरेको छ । मुद्दाको अन्तिम टुंगो नलागेसम्म आयोगले गगन थापालाई दिएको आधिकारिकता कार्यान्वयन नगर्न र निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्नुपर्ने माग रिटमा उल्लेख गरिएको छ ।
रिट निवेदनमा माघ ६ गतेको मनोनयनमा सहभागी हुन नपाउँदा पार्टीलाई अपूरणीय क्षति पुग्ने र यसले लोकतन्त्र तथा निर्वाचनको वैधतामाथि नै प्रश्न उठ्ने जिकिर गरिएको छ। देउवा पक्षले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९ अनुसार अन्तरिम आदेश जारी गर्न माग गरेको छ ।





























प्रतिक्रिया