काठमाडौं । काठमाडौं महागनरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्।
रास्वपा केन्द्रीय कार्यालय घन्टीघर जानुअघि उनले पदबाट राजीनामा दिएका हुन् ।
‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन २०७४ ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौं महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२।१०।०४ गते देखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु ।’ उनले पत्रमा भनेका छन्, ‘यस पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरवासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु। अबको दिनम महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै, तपाईं तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु ।’
मेयर बालेन शाह रास्वपाको वरिष्ठ नेता चयन भएका छन्। उनले शपथ भने लिएका छैनन्। उनलाई रास्वपाले आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ ।
पार्टी सभापति रवि लामिछाने र बालेन आज साँझ ५ बजे बुद्ध एयरको जहाजबाट जनकपुर जाने कार्यक्रम रहेको छ ।






























प्रतिक्रिया