पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

पर्यटन विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री बानियाँ

केन्द्रबिन्दु
33
Shares

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन्।

तामाङ समुदायको नयाँ वर्ष तथा सोनाम ल्होसार पर्व २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले सङ्घीयतापश्चात प्रदेश सरकारद्वारा तामाङ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग ल्याइसकेकाले यसबाट तामाङ भाषाको थप संरक्षण एवं प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका हुन्।

यस पर्वले सबै नेपालीबीच आत्मियता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवं अमनचयन कायमत गर्ने वातावारण निर्माण भई समुन्नत प्रदेश निर्माण गर्नेतर्फ उत्प्रेरणा मिलोस् भने कामना व्यक्त गरेका छन् ।

सबै चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा सम्वद्र्धन गर्नु सबेको दायित्व भएको उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले चाडपर्व र संस्कृतिलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धिको सामाजिक परिवर्तनलाई संस्थागत गर्न प्रदेश सरकार दृढ सङ्कल्पित रहेको बताएका छन् ।

Logo