अन्तिम घडीमा उल्टियो टिकट,पाल्पा–२ मा एमालेले ठाकुर गैरेलाई नै दोहो-यायो

अन्तिम घडीमा उल्टियो टिकट,पाल्पा–२ मा एमालेले ठाकुर गैरेलाई नै दोहो-यायो

केन्द्रबिन्दु
45
Shares

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेले अन्तिम समयमा निर्णय फेरिँदै ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार बनाएको छ । यसअघि टिकट अन्य नेतातर्फ जाने चर्चा भइरहेकै बेला एमालेले पुनः गैरेलाई उम्मेदवारका रूपमा अघि सारेको हो।

नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीका अनुसार आइतबार बिहानसम्म रामबहादुर राउतलाई टिकट दिने तयारी भए पनि प्रदेशस्तरबाट निर्णय परिवर्तन भएको हो। “बिहानसम्म राउतको टिकट फाइनल जस्तै थियो, तर केहीबेरअघि प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल ठाकुर गैरेको टिकट लिएर पाल्पा आउँदै हुनुहुन्छ,” घर्तीले जानकारी दिए।

ठाकुर गैरेले पनि आफूले प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट पाएको पुष्टि गरेका छन्।

यसअघि गत शनिबार बेलुका एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय भएको थियो। तर आइतबार रुपन्देही–२ बाट पौडेललाई नै उम्मेदवार बनाउने अन्तिम निर्णय भएपछि पाल्पा–२ मा टिकटको समीकरण फेरिएको थियो। त्यसपछि रामबहादुर राउतलाई टिकट दिइने भनिए पनि अन्ततः पार्टीले पुनः गैरेलाई नै दोहो¥याउने निर्णय गरेको हो।

पाल्पा–२ मा एमालेभित्रको उम्मेदवार चयन प्रक्रिया अन्तिम समयसम्म अनिश्चित रहँदा कार्यकर्ता र स्थानीय राजनीतिमा चासो र चर्चा चुलिएको थियो।

Logo