दमक नगर सभापति प्रकाश प्रसाईंले छाडे कांग्रेस, अब बालेनलाई समर्थन गर्ने

दमक नगर सभापति प्रकाश प्रसाईंले छाडे कांग्रेस, अब बालेनलाई समर्थन गर्ने

केन्द्रबिन्दु
36
Shares

काठमाडाैं । नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईंले पार्टीको पद र साधारण सदस्यता समेत त्याग गरेको घोषणा गरेका छन् ।

मंगलबार एक विज्ञप्तिमार्फत प्रसाईंले कांग्रेससँगको लामो राजनीतिक यात्रा टुङ्ग्याएको जानकारी दिँदै आजैका मितिदेखि लागू हुने गरी नगर सभापति र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् । अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशको वास्तविक परिवर्तनका लागि हुने उनको भनाइ छ।

पार्टी परित्यागको घोषणासँगै प्रसाईंले झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाहलाई खुल्ला समर्थन गर्ने घोषणा गरेका छन् ।

उनले भनेका छन्, “मेरो निर्वाचन क्षेत्र झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै, मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।”

Skip This
Skip This
Logo