दमकमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप, सुरक्षा व्यवस्था कडा

दमकमा एमाले र रास्वपाका कार्यकर्ताबिच झडप, सुरक्षा व्यवस्था कडा

केन्द्रबिन्दु
24
Shares

झापा । प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता भइरहेका बेला झापाको दमकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । मंगलबार दमक–गोलचोक क्षेत्रमा दुवै दलका समर्थक आमनेसामने भएपछि स्थिति केहीबेर तनावपूर्ण बनेको हो।

झडपको सुरुवात झण्डा छोइएको विषयलाई लिएर भएको बताइएको छ। एमालेले कार्यकर्ता भेला गराउने तय गरेको स्थान नछाडेपछि विवाद चर्किएको प्रहरीले जनाएको छ। यद्यपि रास्वपाका समर्थकहरू गोर्खा डिपार्टमेन्ट स्टोर अगाडि भेला हुने कार्यक्रम रहे पनि दुवै पक्ष एउटै क्षेत्रमा जमघट भएपछि अवस्था नियन्त्रणबाहिर गएको थियो।

प्रत्यक्षदर्शीका अनुसार दुवै पक्षबीच धकेलाधकेल हुँदै घम्साघम्सी भएको थियो। सो क्रममा रास्वपाका केही युवाले ढुङ्गा प्रहार गरेपछि वातावरण थप तनावग्रस्त बनेको थियो।

घटनापछि इलाका प्रहरी कार्यालय दमकले गोलचोक, दमक चोक र निर्वाचन अधिकृतको कार्यालय आसपासको क्षेत्रमा बाक्लो सुरक्षाकर्मी परिचालन गरेको छ। प्रहरीका अनुसार अहिले अवस्था नियन्त्रणमा आइसकेको छ। ‘सामान्य विवाद र धकेलाधकेल भएको हो, अहिले स्थिति सामान्य छ,’ एक प्रहरी अधिकारीले बताए ।

Skip This
Skip This
Logo