सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिरहा जिल्लाका चार निर्वाचन क्षेत्रमा कूल १३९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मङ्गलबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विभिन्न राजनीतिक दलका ६५ र स्वतन्त्र ७४ उम्मेदवारले मनोनयनपत्र दर्ता गरेका हुन् ।
जिल्ला निर्वाचन अधिकारी राजन श्रीवास्तवका अनुसार निर्वाचन क्षेत्र नं १ मा १८ स्वतन्त्रसहित ३२, क्षेत्र नं २ मा १५ स्वतन्त्रसहित २९, क्षेत्र नं ३ मा १८ स्वतन्त्रसहित ४१ तथा क्षेत्र नं ४ मा २३ स्वतन्त्रसहित ३७ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट बब्लु गुप्ता, नेपाली कम्युनिष्ट पार्टीबाट रामचन्द्र यादवलगायतले मनोनयन दर्ता गरेका छन् ।
क्षेत्र नं ३ मा नेकपा (एमाले)बाट लिलानाथ श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीबाट विश्वनाथ साहलगायतले उम्मेदवारी दर्ता गरेका छन् ।
क्षेत्र नं ४ मा जनता समाजवादी पार्टी (जसपा) नेपालबाट राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेपाली कम्युनिष्ट पार्टीबाट अजयशङ्कर नायक, नेकपा (एमाले)बाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानलगायतले उम्मेदवारी दर्ता गरेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।





























प्रतिक्रिया