डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

केन्द्रबिन्दु
51
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट आफ्नो उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्लेसहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन् ।

गोरखा २ बाट भट्टराई यसअघि निर्वाचित भइसकेका उम्मेदवार हुन् । ०७९ निर्वाचनमा भने भट्टराईले प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताउँदै आएका थिए । यसपटक पनि उनी चुनाव नलड्ने बताउँदै आएका थिए तर मनोनयनको दुई दिनअघि मात्रै निर्णय गरेर गोरखा पुगेका थिए ।

गोरखा २ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेसहित नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी, नेकपा एमालेका चक्रे मिलन र रास्वपाबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार छन् ।

Skip This
Skip This
Logo