लुम्बिनीमा गठबन्धनको ‘क्लिनस्वीप’, रामकुमारी झाक्रीसहित जंगली र केसी निर्वाचित

लुम्बिनीमा गठबन्धनको ‘क्लिनस्वीप’, रामकुमारी झाक्रीसहित जंगली र केसी निर्वाचित

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी प्रदेशका तीन वटै सदस्यमा नेपाली कांग्रेस-नेकपाएमाले-जसपाको गठबन्धनले क्लिनस्वीप गरेको छ।

अन्तिम मतगणना अनुसार महिलातर्फ गठबन्धनबाट एमाले उम्मेदवार रामकुमारी झाक्री, अपांगतातर्फ कांग्रेसका बासुदेव घिमिरे ‘जंगली’ र अन्यमा कांग्रेसकै चन्द्रबहादुर केसी निर्वाचित भएका हुन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार झाक्रीले ६ हजार ३३० मतभार पाइन्। त्यहाँ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दुर्गा भण्डारीले १ हजार ३६२ र राष्ट्रिय जनमोर्चाकी पद्मा पण्डितले १४२ मत ल्याइन्।

यस्तै, अपांगतातर्फ जंगली ५ हजार ३२२ मतभार प्राप्त गर्दै विजयी भए। नेकपाका सजन विकले १ हजार ६०१ मतभार ल्याए।

अन्य क्लस्टरमा कांग्रेसकै चन्द्र बहादुर केसी ५ हजार ९७७ मतभार प्राप्त गर्दै निर्वाचित भए। माओवादी केन्द्रका बृहस्पति अधिकारीले १ हजार ८३२ मत ल्याए।

Logo