बुद्धभूमिको विकास उच्च प्राथमिकतामा

बुद्धभूमिको विकास उच्च प्राथमिकतामा

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । लुम्बिनी क्षेत्रको दिगो विकासका लागि प्रदेश नं ५ का सरकारले उच्च प्राथमिकता दिएको छ । 

प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा लुम्बिनी क्षेत्रको दिगो विकास तथा बुद्धसँग सम्बन्धित पुरातात्विक महत्वलाई उजागर गर्ने विषयलाई पहिलो प्राथमिकतामा राखिएको सो प्रदेशका भौतिक योजना तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए  । 

“भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा सडक सञ्जाल र आवास निर्माण गरेर पर्यटकलाई आर्कषण गर्ने योजना बनाइने छ, ” उनले भने – “ लुम्बिनीमा पर्यटकको संख्या र बसाईको समयावधि बढाइने कार्यमा सरकार लाग्नेछ ।” रुपन्देही, नवलपरासी, कपिलवस्तु जिल्ला बुद्धभूमि लुम्बिनीसँग सम्बन्धित क्षेत्र हुन । यस क्षेत्रलाई पर्यटकीय आर्कषणको रुपमा लिइन्छ । 

“बर्दिया राष्ट्रिय निकुञ्ज जहाँ बाघको संख्या धेरै पाइने स्थानको रुपमा समेत परिचित छ, त्यसले वन्यजन्तुको अवलोकन गर्ने पर्यटकका लागि थप आकर्षक हुनेछ,” उनले  
भने । त्यस्तै प्यूठानको स्वर्गद्ववारीलाई धार्मिक पर्यटकको रुपमा विकास गर्न र त्यस क्षेत्रमा पर्यटकीय आर्कषण बढाउन कदम चालिने मन्त्री चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो– “यी तीन क्षेत्रलाई “टुरिष्ट हब” को रुपमा विकास गरेर यसका आधारमा बजेट विनियोजन गरिनेछ ।” 

छ जिल्ला पहाड र छ जिल्ला तराई भएको प्रदेश नं. ५ मा जातीय सद्भाव कायम राख्न जोड दिइने बताउँदै मन्त्री चौधरीले विकासमार्फत सामाजिक सद्भाव कायम हुने धारणा राखे। यस बाहेक हाइड्रोपावरको प्रशस्त सम्भावना रहेको र त्यसबाट बिजुली उत्पादन गर्न सकिने बताउँदै उहाँले प्रदेश नं. ५ औद्योगिक हब पनि हो, त्यसै अनुरुप यहाँ विकासका संरचना बनाईन्छ । 

मन्त्री चौधरीले औद्योगिक कोरिडोर र शैक्षिक हबका रुपमा पनि यो प्रदेशलाई विकास गर्ने लक्ष्य लिएको बताउँदै कूल ग्रार्हस्थ उत्पादनमा प्रदेश नं. ५ को योगदान कसरी उच्च राख्न सकिन्छ भनेर प्राथमिकतामा राखेको जानकारी दिए । त्यस्तै आर्थिक विधेयक कार्यविधि ऐनमार्फत सरकारले रु एक अर्ब दुई करोडको विनियोजित बजेट ल्याउन लागेको जानकारी पनि दिए । रासस

Skip This
Skip This
Logo